२४ बैशाख २०८३, बिहिबार । May 8, 2026

पाकिस्तानको दाबीः भारतले आक्रमणमा पठाएका पाँचवटा सैन्य जेट खसालियो


२४ बैशाख २०८२, बुधबार  

48
Shares

एजेन्सी । भारतले पाकिस्तानमाथि मिसाइल हमला गरेपछि पाकिस्तानले जवाफी कारबाहीस्वरूप पाँच वटा भारतीय लडाकु विमान खसालिएको दाबी गरेको छ।

पाकिस्तानी सेनालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले यो जानकारी दिएको हो। पाकिस्तानी पक्षको दाबी अनुसार खसालिएका विमानहरूमा तीन राफेल, एक मिग-२९, एक एसयू-३० र एक निगरानी ड्रोन रहेका छन्। यद्यपि यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् र भारत सरकारबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। भारतले बुधवार बिहान पाकिस्तानको पञ्जाब प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा रहेको कथित आतंकवादी पूर्वाधारमाथि मिसाइल हमला गरेको थियो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमण भारत प्रशासित कश्मीरमा दुई हप्ताअघि भएको पर्यटक हत्याकाण्डको प्रतिक्रिया स्वरूप भएको हो। नयाँ दिल्लीले उक्त घटनाको दोष इस्लामावादमाथि लगाएको छ। दुई छिमेकी देशबीचको सम्बन्ध हाल अत्यधिक तनावपूर्ण अवस्थामा पुगेको छ। बुधवार बिहानदेखि नियन्त्रण रेखा आसपासका क्षेत्रमा गोलीबारी र विस्फोटका आवाजहरू सुन्निएको जनाइएको छ।

पाकिस्तान प्रशासित कश्मीरमा रहेका सीएनएन संवाददाताले ठूलो विस्फोटहरू सुनिएको बताएका छन्। भारत प्रशासित कश्मीरको श्रीनगर सहरमा समेत विस्फोटको आवाज आएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। त्यहाँको विमानस्थल नागरिक उडानका लागि अस्थायी रूपमा बन्द गरिएको छ। यसैबीच, अमेरिकी विदेश मन्त्रालयले भारत–पाकिस्तानबीच बढ्दो तनावबारे ‘निकट निगरानी’ राखिरहेको प्रतिक्रिया दिएको छ।

भारतले आफ्नो कारबाही आतंकवादी लक्ष्यमाथि केन्द्रित भएको बताइरहँदा, पाकिस्तानले भने उक्त आक्रमणले सर्वसाधारणलाई मुख्य क्षति पुर्‍याएको दाबी गरेको छ।

पाकिस्तानी स्रोतअनुसार कोटली, अहमदपुर पूर्व, मुजफ्फराबाद, बाग र मुरिदके गरी पाँच स्थानमा विस्फोट भएका छन्।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १० : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१