४ आश्विन २०८३, आइतबार । September 20, 2026

भारत-पाकिस्तान युद्धः पाकिस्तानको पक्षमा उभियो चिन !


२४ बैशाख २०८२, बुधबार  

18
Shares

एजेन्सी । भारत र पाकिस्तानबीच जारी सीमा तनाव र गोलाबारीका घटनाबीच चीनले पहिलो पटक औपचारिक प्रतिक्रिया दिएको छ।

चीनले भारतद्वारा पाकिस्तानमाथि गरिएको सैन्य कारबाहीलाई ‘खेदजनक’ बताएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले मंगलबार पत्रकार सम्मेलनमा बोल्दै भारत–पाकिस्तानबीचको पछिल्लो अवस्था प्रति गम्भीर चासो व्यक्त गरिन्। उनले भनिन्, “दक्षिण एसियाका दुई प्रमुख राष्ट्रहरूबीचको यो तनावपूर्ण अवस्था हामीले नजिकबाट हेरिरहेका छौँ। आज बिहान भारततर्फबाट भएको सैनिक अप्रेसन खेदजनक छ।”

उनले दुवै पक्षलाई शान्ति र संयम अपनाउन आग्रह गर्दै यस्तो गतिविधिले क्षेत्रीय सुरक्षालाई थप जोखिममा पार्न सक्ने चेतावनी दिइन्। “हामी चाहन्छौँ कि दुवै देशले संवाद र कूटनीतिक माध्यमबाट समस्या समाधानतर्फ अग्रसर होउन्,” माओले भनिन्। भारत र पाकिस्तानबीच विगत केही दिनदेखि नियन्त्रण रेखा (LoC) नजिकै गोली हानाहानका घटना भइरहेका छन्।

पछिल्लो सैन्य कारबाहीपछि क्षेत्रीय तनाव अझ चर्किएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १० : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली