१ माघ २०८२, बुधबार । January 14, 2026

भारत-पाकिस्तान युद्धः पाकिस्तानको पक्षमा उभियो चिन !



एजेन्सी । भारत र पाकिस्तानबीच जारी सीमा तनाव र गोलाबारीका घटनाबीच चीनले पहिलो पटक औपचारिक प्रतिक्रिया दिएको छ।

चीनले भारतद्वारा पाकिस्तानमाथि गरिएको सैन्य कारबाहीलाई ‘खेदजनक’ बताएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले मंगलबार पत्रकार सम्मेलनमा बोल्दै भारत–पाकिस्तानबीचको पछिल्लो अवस्था प्रति गम्भीर चासो व्यक्त गरिन्। उनले भनिन्, “दक्षिण एसियाका दुई प्रमुख राष्ट्रहरूबीचको यो तनावपूर्ण अवस्था हामीले नजिकबाट हेरिरहेका छौँ। आज बिहान भारततर्फबाट भएको सैनिक अप्रेसन खेदजनक छ।”

उनले दुवै पक्षलाई शान्ति र संयम अपनाउन आग्रह गर्दै यस्तो गतिविधिले क्षेत्रीय सुरक्षालाई थप जोखिममा पार्न सक्ने चेतावनी दिइन्। “हामी चाहन्छौँ कि दुवै देशले संवाद र कूटनीतिक माध्यमबाट समस्या समाधानतर्फ अग्रसर होउन्,” माओले भनिन्। भारत र पाकिस्तानबीच विगत केही दिनदेखि नियन्त्रण रेखा (LoC) नजिकै गोली हानाहानका घटना भइरहेका छन्।

पछिल्लो सैन्य कारबाहीपछि क्षेत्रीय तनाव अझ चर्किएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १० : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले