२८ कार्तिक २०८२, बिहिबार । November 14, 2025

इन्टर मिलानको ऐतिहासिक जित : बार्सिलोनालाई हराउँदै च्याम्पियन्स लिग फाइनलमा प्रवेश



एजेन्सी । इटालियन क्लब इन्टर मिलान युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

गएराति सान सिरोमा सम्पन्न सेमिफाइनल दोस्रो लेगमा इन्टरले स्पेनिस जायन्ट बार्सिलोनामाथि ४–३ को रोमाञ्चक जित हात पार्दै समग्रमा ७–६ गोलको जित निकाल्दै फाइनल यात्रा पक्का गरेको हो। पहिलो लेग ३–३ को बराबरीमा सकिएपछि दोस्रो लेग निकै निर्णायक बनेको थियो। खेलको २१ औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाए भने पहिलो हाफ सकिनुअघि हाकान चाल्हानोग्लुले पेनाल्टीमार्फत गोल थप्दै २–० को सहज स्थिति निर्माण गरे।

तर दोस्रो हाफमा बार्सिलोनाले पुनरागमनको प्रयास गर्‍यो। ५४ औं मिनेटमा एरिक गार्सियाले गोल गर्दै खाता खोल्दा, ६० औं मिनेटमा ड्यानी ओल्मोले बराबरी गोल गरे। त्यसपछि ८७ औं मिनेटमा राफिन्हाको गोलले बार्सिलोनालाई अग्रता दिलायो। तर इन्टरले हार स्वीकारेन। ९० मिनेटपछि थपिएको इन्जुरी टाइमको तेस्रो मिनेटमा फ्रान्सिस्को अचेर्बीले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए।

अतिरिक्त समयमा ९९ औं मिनेटमा डेविड फ्रातेसीको गोल निर्णायक बन्यो, जसले इन्टरलाई फाइनलमा पुर्‍यायो। अब इन्टरले फाइनलमा आर्सनल र पिएसजीबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई