१ माघ २०८२, बुधबार । January 14, 2026

भारत–पाकिस्तान तनाव: सीमावर्ती क्षेत्रमा विद्यालयदेखि एयरस्पेससम्म बन्द



एजेन्सी । भारतले पाकिस्तानको भूभागमा गए राति गरेको हवाई आक्रमणसँगै दक्षिण एसियामा फेरि तनाव चुलिएको छ।

आक्रमणपश्चात् भारत र पाकिस्तान दुबै देश उच्च सतर्कतामा पुगेका छन् भने सीमावर्ती क्षेत्रमा सैनिक गतिविधि तीव्र भएको देखिन्छ। भारतीय पक्षले जम्मू–कश्मीर, हरियाणा, र पञ्जाबका विभिन्न क्षेत्रमा एयरस्पेस बन्द गरेको छ भने जम्मू–कश्मीरका विद्यालयहरू समेत अस्थायी रूपमा बन्द गरिएका छन्।

यस्तै, पाकिस्तानले पनि आफ्ना आकाश मार्ग बन्द गरेको छ। यसले गर्दा दुवै देशमा सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानहरू या त डाइभर्ट भएका छन् वा स्थगित। भारतको आक्रमणपछि केही क्षतिग्रस्त संरचनाहरूका दृश्यहरू सार्वजनिक गरिएका छन्। एलओसी (लाइन अफ कन्ट्रोल) आसपास दुवै देशका सेनाबीच गोलीबारी भइरहेको छ। यस क्रममा पाकिस्तानी सेनाको गोली लागेर तीन भारतीय नागरिकको ज्यान गएको भारतीय पक्षले जनाएको छ।

त्यसैगरी, भारतको हवाई आक्रमणमा एक बालिकासहित सात जना पाकिस्तानी नागरिकको मृत्यु भएको पुष्टि पाकिस्तानका प्रधानमन्त्रीले गरेका छन्। पछिल्ला गतिविधिहरूले भारत–पाकिस्तान सम्बन्ध थप संवेदनशील अवस्थामा पुगेको देखिन्छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले