२२ माघ २०८२, बुधबार । February 4, 2026

भारतको ‘अपरेशन सिन्दूर’: पाकिस्तानमा मिसाइल हमला,कम्तिमा ३० जनाको मृत्यु



एजेन्सी । जम्मु–कश्मीरको पहलगाममा भएको घातक आक्रमणको १५ दिनपछि भारतले प्रतिशोधस्वरूप पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरमा मिसाइल आक्रमण गरेको पुष्टि भएको छ।

भारतीय सेनाले उक्त कारबाहीलाई ‘अपरेशन सिन्दूर’ नाम दिएको छ। भारतीय रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि यो अपरेशन अन्तर्गत आतंकवादी गतिविधिमा संलग्न संरचनाहरूलाई निशाना बनाइएको हो, जुन स्थानहरूबाट भारतमाथि योजना बनाएर आक्रमणहरू भइरहेका थिए। भारतीय संचारमाध्यम ‘द भाष्कर’का अनुसार भारतले नौ स्थानमा आक्रमण गरी मुजफ्फराबाद, बाघ, कोटली, भीमबेर, सियालकोट, बहावलपुरलगायतका क्षेत्रमा कम्तीमा ३० जनाको ज्यान लिएको जनाएको छ। रोयटर्सका अनुसार सीमावर्ती क्षेत्रमा धमाका र गोलाबारीका घटना व्यापक रुपमा देखिएका छन्।

यो कारबाही अप्रिल २२ मा पर्यटकहरूमाथि भएको आक्रमणपछि आएको हो, जहाँ एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो। भारतले उक्त हमलाको पछाडि पाकिस्तानको संलग्नता रहेको भन्दै तीव्र विरोध जनाएको थियो।

पाकिस्तानको जवाफ र आन्तरिक प्रतिक्रिया

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतीय आक्रमणको भर्त्सना गर्दै पाँच स्थानमा आक्रमण भएको दाबी गरेका छन्। उनले एक्स (पूर्व ट्विटर) मा लेख्दै भने, “भारतको कायरतापूर्ण हमलाको कडा जवाफ दिइँदैछ। पाकिस्तानले आफ्नो स्वाभिमानमा आँच आउन दिने छैन।”

पाक रक्षामन्त्री ख्वाजा आसिफले भने भारतले आतंकवादी संरचना नष्ट गरेको दाबी गरे पनि वास्तवमा सामान्य नागरिक बसोबास गर्ने क्षेत्रमा हमला गरिएको आरोप लगाएका छन्। उनका अनुसार एक महिला र एक बालक मारिएका छन् र मस्जिदहरू समेत क्षतिग्रस्त भएका छन्।

प्रत्यक्षदर्शीको आँखाले देखेको त्रास

मुजफ्फराबादका स्थानीय बासिन्दा शहनवाजले BBC सँगको कुराकानीमा भने, “हामी गहिरो निद्रामा थियौं, एक्कासी विस्फोटको आवाजले झस्कियौं। अहिले परिवारसहित सुरक्षित स्थानको खोजीमा छौं।” अर्का बासिन्दा मोहम्मद वहीदले थपे, “के भइरहेको हो भनेर बुझ्न नपाउँदै थप तीनवटा मिसाइल खसे।”

अन्तर्राष्ट्रिय प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय कारबाहीलाई “लाजमर्दो” शब्दमा उल्लेख गर्दै शीघ्र शान्तिको कामना गरेका छन्। यता, संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भारत–पाकिस्तान दुबैलाई संयम अपनाउन आग्रह गर्दै दोहोरो युद्धको जोखिम विश्वले बेहोर्न नसक्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल