१ माघ २०८२, बुधबार । January 14, 2026

तीन वायु प्रणाली सक्रियः वर्षा र हिमपातको सम्भावना



काठमाडौं । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, यी प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।विशेषगरी पहाडी भेगहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी क्षेत्रहरूमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ। कोशी, सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न पहाडी भागहरूमा र केही ठाउँहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

त्यस्तै, उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि देखिएको छ। आज रातिको मौसमको पूर्वानुमान अनुसार, पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने अनुमान गरिएको छ। कोशी प्रदेश लगायतका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना कायम छ।

मौसमका यस्ता परिवर्तित अवस्थाहरूले जनजीवन, कृषि, स्वास्थ्य, यातायात (सडक र हवाई) मा प्रभाव पार्न सक्ने भएकोले महाशाखाले आम नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले