१३ श्रावण २०८३, बुधबार । July 29, 2026

तीन वायु प्रणाली सक्रियः वर्षा र हिमपातको सम्भावना


२४ बैशाख २०८२, बुधबार  

102
Shares

काठमाडौं । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, यी प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।विशेषगरी पहाडी भेगहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी क्षेत्रहरूमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ। कोशी, सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न पहाडी भागहरूमा र केही ठाउँहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

त्यस्तै, उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि देखिएको छ। आज रातिको मौसमको पूर्वानुमान अनुसार, पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने अनुमान गरिएको छ। कोशी प्रदेश लगायतका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना कायम छ।

मौसमका यस्ता परिवर्तित अवस्थाहरूले जनजीवन, कृषि, स्वास्थ्य, यातायात (सडक र हवाई) मा प्रभाव पार्न सक्ने भएकोले महाशाखाले आम नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर