२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

रसियामा युक्रेनको लगातार ड्रोन आक्रमण, मस्कोका सबै विमानस्थल अस्थायी रूपमा बन्द



एजेन्सी । युक्रेनले लगातार दोस्रो दिन पनि ड्रोनमार्फत रसियाका विमानस्थलहरूलाई लक्षित गरेपछि, रसियाले मस्कोका चार प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको छ।

रसियाको उड्डयन नियामक संस्था ुरोसाभियात्सियाुले सुरक्षा सुनिश्चित नभएसम्मका लागि यो निर्णय लिएको जानकारी दिएको हो। मस्कोका मेयर सर्गेइ सोब्यानिनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, कम्तीमा १९ युक्रेनी ड्रोनहरू विभिन्न दिशाबाट मस्कोमा प्रवेश गर्नु अघि नै खसालिएको बताए।

ती ड्रोनहरूको भग्नावशेष मस्कोका मुख्य सडकहरूमाथि झरे पनि हालसम्म कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ। दोस्रो तर्फ, युक्रेनी अधिकारीहरूले भने रसियाको विमानस्थलमा गरिएको आक्रमणबारे कुनै औपचारिक टिप्पणी गरेका छैनन्। तर, युक्रेनले भने रातभर रसियाले आफ्ना विभिन्न शहरहरूमा आक्रमण गरेको दाबी गर्दै आएको छ।

युक्रेनले निसाना बनाइएका शहरहरूको नाम भने खुलाएको छैन।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १० : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको