१ माघ २०८२, बुधबार । January 15, 2026

इण्डियन आइडल विजेता पवनदीपको कार दुर्घटना, आईसीयूमा उपचार हुँदै



काठमाडौं । इण्डियन आइडल सिजन १२ का विजेता तथा चर्चित गायक पवनदीप राजन उत्तर प्रदेशको अमरोहामा कार दुर्घटनामा गम्भीर घाइते भएका छन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार दिल्ली जाँदै गर्दा उनको कार अनियन्त्रित भई अर्को सवारीमा ठोक्किँदा दुर्घटना भएको हो। उनीसँगै सवार उनका साथीहरू अजय मेहरा र ड्राइभर राहुल सिंह पनि घाइते भएका छन्। प्रारम्भिक उपचारपछि तीनै जनालाई नोयडाको फोर्टिस अस्पतालमा सारिएको हो।

पवनदीपका बुवा सुरेश राजनका अनुसार उनी आमालाई घरमा छाडेर दिल्ली फर्किंदै गर्दा दुर्घटना भएको हो। दुर्घटनाको समयमा गाडी ड्राइभरले चलाइरहेका थिए र निदाएकाले दुर्घटना भएको बताइएको छ। दुर्घटनामा पवनदीपको हात र खुट्टामा फ्याक्चर भएको र हाल उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ।

चिकित्सकहरूले उनको अवस्था अहिले स्थिर रहेको जनाएका छन्।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले