४ श्रावण २०८३, सोमबार । July 20, 2026

स्पट फिक्सिङ प्रकरणमा प्रतिबन्धित आदिल आलमको प्रतिबन्ध हट्यो


२३ बैशाख २०८२, मंगलबार  

27
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पट फिक्सिङको आरोपमा प्रतिबन्ध लगाइएका क्रिकेट खेलाडी मोहमद आदिल आलममाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।

२०७९ मंसिरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको नेपाल टी–२० लिगको दौरानमा आलममाथि स्पट फिक्सिङको आरोप लागेको थियो। त्यसयता उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि क्रिकेट प्रतियोगितामा सहभागी हुन नदिने गरी प्रतिबन्ध लगाइएको थियो।

क्यानको इन्टेग्रिटी कमिटीले आवश्यक अनुसन्धान प्रक्रिया पुरा गरी प्रतिबन्ध हटाउन सिफारिस गरेपछि, सोही सिफारिसको आधारमा क्यानले २०८२ वैशाख २१ गतेदेखि लागू हुने गरी प्रतिबन्ध फुकुवा गरेको हो। यस निर्णयसँगै आदिल अब पुनः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न योग्य हुनेछन्।

यसअघि स्पट फिक्सिङ प्रकरणमा समावेश अन्य पाँच खेलाडीलाई पनि अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो, जसमा आदिल र महबुब आलमसमेत थिए।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ९ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर