१ माघ २०८२, बुधबार । January 14, 2026

स्पट फिक्सिङ प्रकरणमा प्रतिबन्धित आदिल आलमको प्रतिबन्ध हट्यो



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पट फिक्सिङको आरोपमा प्रतिबन्ध लगाइएका क्रिकेट खेलाडी मोहमद आदिल आलममाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।

२०७९ मंसिरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको नेपाल टी–२० लिगको दौरानमा आलममाथि स्पट फिक्सिङको आरोप लागेको थियो। त्यसयता उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि क्रिकेट प्रतियोगितामा सहभागी हुन नदिने गरी प्रतिबन्ध लगाइएको थियो।

क्यानको इन्टेग्रिटी कमिटीले आवश्यक अनुसन्धान प्रक्रिया पुरा गरी प्रतिबन्ध हटाउन सिफारिस गरेपछि, सोही सिफारिसको आधारमा क्यानले २०८२ वैशाख २१ गतेदेखि लागू हुने गरी प्रतिबन्ध फुकुवा गरेको हो। यस निर्णयसँगै आदिल अब पुनः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न योग्य हुनेछन्।

यसअघि स्पट फिक्सिङ प्रकरणमा समावेश अन्य पाँच खेलाडीलाई पनि अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो, जसमा आदिल र महबुब आलमसमेत थिए।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ९ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले