१३ फाल्गुन २०८२, बुधबार । February 25, 2026

जानकी नवमी धूमधामका साथ मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा



जनकपुरधाम । आदर्श नारी तथा मिथिलाकी गौरवमयी पुत्री सीताको जन्मोत्सवका रुपमा आज जनकपुरधाममा जानकी नवमी उल्लासपूर्ण रूपमा मनाइँदै छ।

वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीका रूपमा पूजापाठ, भजनकीर्तन, र धार्मिक कार्यक्रमसहित विशेष रूपमा मनाउने परम्परा रहिआएको छ। जनकपुरस्थित जानकी मन्दिर परिसरमा आज विशेष पूजा, आरती र आकर्षक झाँकी प्रदर्शन गरिएको छ। यस अवसरमा हजारौँ भक्तजन जनकपुरधाममा भेला भएका छन्। श्रद्धालुहरूको सहभागिता र धार्मिक उत्साहले जनकपुरधाममा पर्वको रौनक थपिएको छ।

जानकी नवमीको सम्मानमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा घोषणा गरेको छ, जसले जनस्तरमा पर्वको महत्त्वलाई अझ उजागर गरेको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ७ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा