१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

धनकुटाको गोठगाउँमा यात्रुबाहक बस दुर्घटना, एकको मृत्यु, १३ घाइते



धनकुटा । धरानबाट धनकुटातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

शनिबार बिहान करिब १०:१५ बजेतिर धनकुटा नगरपालिका–६ स्थित कोशी लोकमार्ग अन्तर्गत गोठगाउँमा बस अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो। दुर्घटनाग्रस्त बसको नम्बर १ ख २१७७ रहेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार घाइतेमध्ये धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो। अन्य तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूमध्ये भोजपुरको षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ र अनमोल तामाङ, सुनसरी बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, बस चालक धरान उपमहानगरपालिका–१३ का रुद्र तामाङ, भोजपुर पौवादुङमा गाउँपालिका–३ का गङ्गाप्रसाद सापकोटा, भोजपुर नगरपालिका–११ की सविना बराइली र देवी टविक, धनकुटाको साँगुरीगढी गापा–६ का हंशबहादुर राई, भोजपुर षडानन्द–११ की कापुर्णमाया तामाङ, भोजपुर नगरपालिका–११ का लिलाबहादुर श्रेष्ठ, साँगुरीगढी–६ की दीर्घमाया राई, इटहरीका आयुष राई, र धनकुटा–६ का धनकुमार विक रहेका छन्।

उद्धार गरिएका घाइतेहरूलाई तत्काल जिल्ला अस्पताल धनकुटा लगिएको हो। दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको