१ माघ २०८२, बुधबार । January 15, 2026

चेल्सीको धमाकेदार जित, च्याम्पियन्स लिगको दौड रोमाञ्चक



काठमाडौं । आइतबार राति स्ट्यामफोर्ड ब्रिजमा भएको प्रिमियर लिगको रोमाञ्चक भिडन्तमा चेल्सीले लिग विजेता लिभरपुललाई ३–१ ले हराउँदै युइएफए च्याम्पियन्स लिगको छनोट सम्भावना बलियो बनाएको छ।

खेलको सुरुवातमै घरेलु टोली चेल्सीले उत्कृष्ट लय देखायो। तेस्रो मिनेटमै एन्जो फर्नान्डेजले गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको ५६औँ मिनेटमा लिभरपुलका जारेल क्वान्साहले आत्मघाती गोल गरेपछि चेल्सीको अग्रता दोब्बर भयो। लिभरपुलका लागि भर्जिल भान डाइकले ८५औँ मिनेटमा हेडमार्फत एक गोल फर्काए पनि, इन्ज्युरी समयको छैटौँ मिनेटमा कोल पाल्मरले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे।

यो नतिजासँगै चेल्सीले ६३ अंक बनाउँदै लिगको पाँचौँ स्थानमा आफ्नो स्थिति कायम राखेको छ। उनीहरु छैटौँ स्थानको नटिङ्घम फरेस्टभन्दा तीन अंकले अगाडि छन्, जसले सोमबार क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ। चेल्सी अहिले चौथो स्थानमा रहेको न्युक्यासल युनाइटेडसँग अंक बराबरीमा पुगेको छ। दुबै टिमबीचको भिडन्त अर्को साता सेन्ट जेम्स पार्कमा हुने छ, जुन खेल च्याम्पियन्स लिगमा स्थान सुनिश्चित गर्ने दृष्टिले निर्णायक बन्न सक्छ।

त्यसैगरी, म्यानचेस्टर युनाइटेडको निराशाजनक प्रदर्शन जारी छ। आइतबारको अर्को खेलमा बेन्टफोर्डसँग ४–३ को हार भोगेपछि उनीहरुको शीर्ष चारको सम्भावना झनै कमजोर भएको छ। अन्य खेलहरूमा ब्राइटन र न्युक्यासल तथा वेस्टह्याम र टोटेनहमबीच १–१ को बराबरी भएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले