२० फाल्गुन २०८२, बुधबार । March 5, 2026

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल


२१ बैशाख २०८२, आइतबार  

12
Shares

काठमाडौं । आगामी बिहीबार काठमाडौंमा ‘युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५’ कार्यक्रम हुने भएको छ ।

नेपालमा अन्तरराष्ट्रिय स्तरको फिनटेकको विकास गर्ने उद्देश्य सहित काठमाडौँ फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा यो फिनटेक महोत्सव गर्न लागिएको हो । फेस्टिभललाई निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले विशेष आतिथीको रुपमा सम्बोधन गर्नेछन् ।

यस्तै, डीबीएस बैंकका चिफ इनोभेशन अफिसर नील क्रस, कोटाक महिन्द्रा बैंकका चिफ डिजीटल अफिसर दिपक शर्मा, दि डिजीटल फिप्थका सीईओ समीर सिंह जैनि र ल्यारा नेटवर्कका सीईओ राजेश देखाईं लगायत बैंकिङ र फिनटेक सम्बन्धी अन्तरराष्ट्रिय स्तरका विज्ञहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरि नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साथै, नियामक निकायका प्रतिनिधिहरू, बैंकर्स, फिनटेक व्यवसायी, शैक्षिक क्षेत्रका विज्ञहरू र अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहने यस कार्यक्रममा नवीनतम प्रविधि र फिनटेक सोलुसनको प्रदर्शनी, उत्पादन प्रदर्शन, तथा फिनटेक कम्पनीहरूबीचको सहकार्य सम्झौता हुने बताइएको छ ।

यो कार्यक्रम नेपाल र क्षेत्रीय फिनटेक विकासको दिशामा महत्वपूर्ण कोसेढंगा सावित हुने बताइएको छ । साथै, डिजिटल वित्तीय भविष्य निर्माणमा ऐतिहासिक योगदान पु¥याउने अपेक्षा गरिएको काठमाडौं फिनटेकका संस्थापक सञ्जिव सुब्बाले जानकारी दिए । यो कार्यक्रमलाई नेपाल क्लियरिङ हाउसले प्रायोजन गरेको छ ।

कार्यक्रममा ग्लोबल फिनटेक अलायन्स, एशिया फिनटेक अलायन्स, ग्लोबल फिनटेक आयोजकको रुपमा छन् । यस्तै, फिनटेक कन्भर्जेन्स काउन्सिल, इन्टरनेशनल डिजिटल इकोनोमीज एसोसिएसन, इन्डियन फाइनान्सियल फोरम र पीएसपी एसोसिएसन लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ८ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по