१ माघ २०८२, बुधबार । January 15, 2026

हप्ताको सुरुआतमै शेयर बजार ओरालो, नेप्सेमा झण्डै ३.५ अंकको गिरावट



काठमाडौं । साताको पहिलो दिन नेपाली शेयर बजार केही कमजोर देखिएको छ।

नेप्से परिसूचक आज ३.४४ अंकले घट्दै २,६२०.३९ विन्दुमा झरेको छ। बैंक, विकास बैंक, होटल, उत्पादन र निर्जीवन बीमा समूह बाहेक अन्य सबै समूहको सूचकमा गिरावट आएको हो। विशेषतः फाइनान्स समूहमा झन्डै १.५ प्रतिशतको गिरावट देखिएको छ। विन नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ, जुन आजको सबैभन्दा ठूलो गिरावट हो।

यद्यपि बजार समग्रमा घटे पनि नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स, र ओम मेगाश्री फर्मास्युटिकल्सका शेयरमा १० प्रतिशतसम्मको वृद्धि देखिएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा थोरै घटेको छ।

बुधबार ९ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आज ३२२ कम्पनीका २ करोड १९ लाख कित्ता शेयरहरू किनबेच भई कुल ९ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको हो।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले