१ माघ २०८२, बुधबार । January 15, 2026

ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीका लागि नागरिकताको ढोका खोलिँदै



काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ब्रिटिस गोर्खासहित विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई नेपाल फर्कन सहज होस् भन्ने उद्देश्यले नागरिकता सम्बन्धी कानुन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार राजधानीमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता सम्बन्धी अन्तरक्रिया कार्यक्रम’मा बोल्दै खतिवडाले नागरिकता विधेयक समितिमा दर्ता भइसकेको जानकारी दिए। उनले कानुनमा राजनीतिक पूर्वाग्रह नहोओस् भनेर विशेष सतर्कता अपनाइरहेको पनि उल्लेख गरे। “आमाको नामबाट नागरिकता दिने विषयमा जनस्तरबाट बलियो आवाज आएको छ,” खतिवडाले भने, “गृहमन्त्रालयको धारणा पनि सकारात्मक छ—जुनसुकै संशोधनमार्फत ल्याए पनि मान्य हुने बताइएको छ।”

सभापतिले सबै नेपाली नागरिकलाई समान व्यवहार हुने कानुन निर्माणमा आफूहरू प्रतिबद्ध रहेको बताए। उनले भने, “हामी यस्तो कानुन बनाउन चाहन्छौं जसले विदेशमा रहेका नेपालीलाई नेपाल सम्भव छ भन्ने अनुभूति दिलाओस्।” खतिवडाले विशेषतः ब्रिटिस सेनामा सेवा गरेका गोर्खा सैनिक तथा अन्य कारणले विदेशमा रहे पनि नेपाली पहिचान जोगाउन चाहनेहरूका लागि कानुनी व्यवस्था आवश्यक रहेको बताए।

“हामीले यो विषयलाई अत्यन्तै गम्भीरतापूर्वक लिएका छौं,” उनले जोड दिए, “नागरिकता पाउन आमाको नाम पर्याप्त हो भन्ने माग आएको छ र समितिमा यसबारे गहन छलफल गरिनेछ।” उनले कुनै पनि नेपाली नागरिक देशविहीन बन्न नदिने स्पष्ट अठोट पनि व्यक्त गरे।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले