२ कार्तिक २०८३, सोमबार । October 20, 2026

दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी, अटाएनन् कुशल मल्ल


२१ बैशाख २०८२, आइतबार  

312
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी जेठ तेस्रो साताबाट स्कटल्यान्डमा आयोजना हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय तथा टी–२० सिरिजका लागि २५ सदस्यीय खेलाडी समूहलाई दोस्रो चरणको बन्द प्रशिक्षणमा सहभागी गराएको छ।

क्यानले प्रारम्भिक चरणमा ५३ खेलाडीलाई चार टोली बनाएर अभ्यास गराएको थियो। सो अभ्यासपछि छनोट प्रक्रिया अघि बढाउँदै उत्कृष्ट प्रदर्शन गर्ने २५ खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरिएको हो। नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग लिग–२ अन्तरगतको ओडीआई तथा टी–२० सिरिज खेल्ने तयारी गरिरहेको छ।

हालको सूचीमा राष्ट्रिय टोलीका नियमित सदस्यहरूका साथै केही युवा खेलाडीलाई स्थान दिइएको छ। तर, पछिल्ला समयमा लयमा कमी देखिएका कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, र सागर ढकालजस्ता अनुभवी खेलाडी भने यसपटक छनोटमा पर्न सकेनन्।

युवराज खत्री, शुभ कंशाकार र किरण ठगुन्नाजस्ता नवप्रवेशीहरूलाई भने मौका दिइएको छ।

दोस्रो चरणको बन्द प्रशिक्षणमा परेका २५ खेलाडीहरूः
कप्तानः रोहित पौडेल
अन्य खेलाडीहरूः आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झा, अर्जुन साउद, बसीर अहमद, दिलीपनाथ, आरिफ शेख, युवराज खत्री, किरण ठगुन्ना, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, शाहव आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतिश जीसी, रिजन ढकाल, आकाश चन्द, रुपेश सिंह, लोकेश बम र शुभ कंशाकार।

क्यानले बाँकी तयारीलाई तीव्र बनाउँदै आवश्यक तयारी र अभ्यासहरूलाई सुदृढ बनाउने जनाएको छ। सिरिजका लागि अन्तिम टोली बन्द प्रशिक्षणपछि घोषणा गरिनेछ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि