काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलाको १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा किनबेच भएको हो। त्यस्तै, चाँदीको मूल्य भने थोरै बढेको छ।
बिहीबार तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १ हजार ९३० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।







प्रतिक्रिया