८ कार्तिक २०८३, आइतबार । October 26, 2026

केआईआईटीमा अर्को नेपाली विद्यार्थीको शंकास्पद मृत्यु


१९ बैशाख २०८२, शुक्रबार  

24
Shares

एजेन्सी । ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

कम्प्युटर विज्ञान संकायकी प्रथम वर्षकी छात्रा प्रिसा साह बिहीबार साँझ होस्टेलको कोठामा मृत अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनापछि स्थानीय प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान प्रारम्भ गरेको छ र शवलाई पोस्टमार्टमका लागि भुवनेश्वरस्थित एम्स अस्पतालमा पठाइएको छ। घटनाबारे मृतकको परिवार तथा नेपालस्थित भारतीय दूतावासलाई पनि जानकारी गराइएको बताइएको छ।

ओडिसा सरकारले घटनाप्रति दुःख व्यक्त गर्दै मृतक छात्राको परिवारप्रति समवेदना जनाएको छ। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिने प्रतिबद्धता जनाएको छ। उक्त विश्वविद्यालयमा यसअघि पनि नेपाली विद्यार्थीको मृत्यु भइसकेको थियो। गत फागुन ४ गते नेपाली छात्रा प्रकृति लम्सालको शव होस्टेलमा फेला परेको घटनाले ठूलो चासो र त्रासको वातावरण सिर्जना गरेको थियो।

लगातार दुई नेपाली विद्यार्थीको मृत्युपछि सो विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूबीच चिन्ता र असुरक्षा बढेको देखिन्छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ७ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा