२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

आज संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै



काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम आज दिउँसो संघीय संसद्को संयुक्त बैठकमार्फत प्रस्तुत हुँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ। संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधानअनुसार यो कार्यक्रम हुन लागेको हो।

संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले बैठकको सम्भावित कार्यसूची तय भइसकेको जानकारी दिएका छन्। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूलाई दिउँसो २:४५ भित्र बैठकस्थलमा निर्धारित पोशाकसहित उपस्थित हुन आग्रह गरिसकेका छन्।

सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम देशको अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यले तयार पारिएको बताइएको छ। सत्ता गठबन्धनभित्र यसबारेमा विस्तृत छलफल भइसकेको छ। युवामा आशा जगाउने, उद्यमशीलता प्रोत्साहन गर्ने, सीप विकास, स्टार्टअप तथा व्यवसायिक योजनालाई अघि बढाउने, सार्वजनिक खर्च विस्तार गर्ने र सुशासन कायम गर्ने विषयहरूलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ।

संसद् सचिवालयले वैशाख २२ देखि २८ गतेसम्म नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यतालिका तय गरिसकेको छ। त्यसपछि वैशाख ३० गतेदेखि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ हुनेछ, जुन ‘प्रि-बजेट’ छलफलको रूपमा हुनेछ।

संविधानअनुसार सरकारले आगामी आर्थिक वर्षको पूर्ण बजेट जेठ १५ गते अर्थमन्त्रीमार्फत संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेछ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको