२९ बैशाख २०८२, सोमबार । May 12, 2025

एनएसएलः ललितपुर लगातार दोस्रो पटक च्याम्पियन



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई २-१ ले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि हात पारेको छ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक फाइनलमा ललितपुरले दुई विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनको मद्दतले उपाधि रक्षा गर्न सफल भयो। गत संस्करणमा धनगढी एफसीलाई ३-२ ले हराउँदै पहिलो पटक च्याम्पियन बनेको ललितपुरले यसपालि पनि अपराजित यात्रा पूरा गर्दै सफलता दोहोर्याएको हो। यसपटक पोखरा थन्डर्सले पनि पहिलोपटक फाइनल यात्रा तय गरेको थियो, तर उपाधिमा नाम लेखाउन भने सकेन।

ललितपुरका लागि इजिकेलले एक गोल गर्दै र अर्को गोलमा सहयोग पुर्‍याउँदै शानदार प्रदर्शन गरे। इजिकेलले ४२औँ मिनेटमा मनोज राईको क्रसमा हेडमार्फत पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। खेलको दोस्रो हाफमा पोखराका सुदील राईले ६४औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए। तर, त्यसको १० मिनेटपछि इजिकेलले तयार पारेको अवसरलाई पापा इबु केबले गोलमा परिणत गर्दै ललितपुरलाई पुनः अग्रता दिलाए, जुन अन्त्यसम्म कायम रह्यो।

खेलको दोस्रो हाफमा केही तनावपूर्ण अवस्था पनि देखिएको थियो। तर अन्ततः, ललितपुरका समर्थकहरूले बाजा र नाचगानसँगै दोस्रो उपाधि जितेको खुसी मनाए। ललितपुर सिटी एफसीको लगातार सफलता नेपाली क्लब फुटबलमा एक प्रेरणादायी उदाहरण बनेको छ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ८ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत-पाकिस्तान युद्धविरामः भारतले खोल्यो बन्द सबै विमानस्थल

काठमाडौं । भारत–पाकिस्तानबीच उत्पन्न तनाव अन्त्य भएसँगै भारतले बन्द गरेका

रेसुङ्गा विमानस्थलबाट अब हप्तामा तीन दिन उडान, यात्रु उत्साहित

गुल्मी । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब हप्तामा

टेस्ट क्रिकेटबाट विराट कोहलीको सन्यास घोषणा

काठमाडौं । भारतीय क्रिकेटका चम्किला तारा विराट कोहलीले सोमबार औपचारिक

नेपाली बजारमा सुनचाँदी सस्तो, आइतबारको तुलनामा ठूलो गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा

भारत–पाकिस्तानबीच वार्ता आज, चार दिने सैन्य तनावपछि संवादको प्रयास

काठमाडौं । पछिल्ला चार दिनदेखि सीमा क्षेत्रमा जारी भीषण सैन्य