१० चैत्र २०८२, मंगलबार । March 25, 2026

एनएसएलः ललितपुर लगातार दोस्रो पटक च्याम्पियन


१३ बैशाख २०८२, शनिबार  

6
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई २-१ ले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि हात पारेको छ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक फाइनलमा ललितपुरले दुई विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनको मद्दतले उपाधि रक्षा गर्न सफल भयो। गत संस्करणमा धनगढी एफसीलाई ३-२ ले हराउँदै पहिलो पटक च्याम्पियन बनेको ललितपुरले यसपालि पनि अपराजित यात्रा पूरा गर्दै सफलता दोहोर्याएको हो। यसपटक पोखरा थन्डर्सले पनि पहिलोपटक फाइनल यात्रा तय गरेको थियो, तर उपाधिमा नाम लेखाउन भने सकेन।

ललितपुरका लागि इजिकेलले एक गोल गर्दै र अर्को गोलमा सहयोग पुर्‍याउँदै शानदार प्रदर्शन गरे। इजिकेलले ४२औँ मिनेटमा मनोज राईको क्रसमा हेडमार्फत पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। खेलको दोस्रो हाफमा पोखराका सुदील राईले ६४औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए। तर, त्यसको १० मिनेटपछि इजिकेलले तयार पारेको अवसरलाई पापा इबु केबले गोलमा परिणत गर्दै ललितपुरलाई पुनः अग्रता दिलाए, जुन अन्त्यसम्म कायम रह्यो।

खेलको दोस्रो हाफमा केही तनावपूर्ण अवस्था पनि देखिएको थियो। तर अन्ततः, ललितपुरका समर्थकहरूले बाजा र नाचगानसँगै दोस्रो उपाधि जितेको खुसी मनाए। ललितपुर सिटी एफसीको लगातार सफलता नेपाली क्लब फुटबलमा एक प्रेरणादायी उदाहरण बनेको छ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ८ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali