काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को विजेताले ८० लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले यो संस्करणको विजेता र उपविजेताको पुरस्कार रकममा १० लाख रुपैयाँ थप्ने निर्णय गरेको छ। यस पटक उपविजेतालाई ३० लाख रूपैयाँ प्रदान गरिनेछ।यो संस्करणको उपाधिका लागि शनिबार दशरथ रंगशालामा ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबीच तामझामपूर्ण प्रतिस्पर्धा हुनेछ।
ललितपुर सिटी एफसीले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो, जबकि पोखरा थन्डर्स एफसीले एलिमिनेटर खेलमा एफसी चितवनलाई हराएर दोस्रो क्वालिफायरमा धनगढीलाई पराजित गरेर फाइनलमा पुग्न सफल भएको थियो।
प्रतिक्रिया