१० श्रावण २०८३, आइतबार । July 26, 2026

स्वास्थ्यका लागि दौड: खस्यौली म्याराथन २०८२


१२ बैशाख २०८२, शुक्रबार  

84
Shares

बुटवल । स्वास्थ्यको लागि दौड भन्ने नारासहित खस्यौली लायन्स म्याराथन २०८२ भोलि वैशाख १३ गते बिहान ५:३० बजे बुटवलमा आयोजना हुँदैछ।

लायन्स क्लब अफ बुटवल खस्यौलीको आयोजनामा हुने यो म्याराथन लियो क्लब अफ खस्यौली सिटीको सहआयोजनामा सम्पन्न हुँदैछ। म्याराथन बुटवलको राजमार्ग चौराहाबाट सुरु भई शंकरनगर चोकसम्म पुग्ने तय गरिएको छ। दौडमार्फत सहभागीहरूले स्वास्थ्यप्रति जनचेतना फैलाउने र सामुदायिक एकताको सन्देश दिने लक्ष्य राखिएको छ।

प्रतियोगिता सर्वसाधारणका लागि निःशुल्क र खुल्ला राखिएको छ, जसमा विभिन्न उमेर समूहका मानिसहरू सहभागिता जनाउने अपेक्षा गरिएको छ। आयोजकले बताएअनुसार म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्ने धावकहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रथम पुरस्कारः ३५ हजार
द्वितीय पुरस्कारः २५ हजार
तृतीय पुरस्कारः १५ हजार

कार्यक्रमलाई जी कस्टमर ग्रुपले प्रायोजन गर्दैछ। लायन्स क्लबको WE Serve नारालाई आत्मसात गर्दै आयोजना गरिँदै गरेको यस म्याराथनले स्थानीय समुदायमा सकारात्मक ऊर्जा, स्वास्थ्यप्रति जागरुकता र सामाजिक सद्भाव अभिवृद्धिमा टेवा पुर्‍याउने आयोजकहरूको विश्वास छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर