२९ बैशाख २०८२, सोमबार । May 12, 2025

स्वास्थ्यका लागि दौड: खस्यौली म्याराथन २०८२



बुटवल । स्वास्थ्यको लागि दौड भन्ने नारासहित खस्यौली लायन्स म्याराथन २०८२ भोलि वैशाख १३ गते बिहान ५:३० बजे बुटवलमा आयोजना हुँदैछ।

लायन्स क्लब अफ बुटवल खस्यौलीको आयोजनामा हुने यो म्याराथन लियो क्लब अफ खस्यौली सिटीको सहआयोजनामा सम्पन्न हुँदैछ। म्याराथन बुटवलको राजमार्ग चौराहाबाट सुरु भई शंकरनगर चोकसम्म पुग्ने तय गरिएको छ। दौडमार्फत सहभागीहरूले स्वास्थ्यप्रति जनचेतना फैलाउने र सामुदायिक एकताको सन्देश दिने लक्ष्य राखिएको छ।

प्रतियोगिता सर्वसाधारणका लागि निःशुल्क र खुल्ला राखिएको छ, जसमा विभिन्न उमेर समूहका मानिसहरू सहभागिता जनाउने अपेक्षा गरिएको छ। आयोजकले बताएअनुसार म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्ने धावकहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रथम पुरस्कारः ३५ हजार
द्वितीय पुरस्कारः २५ हजार
तृतीय पुरस्कारः १५ हजार

कार्यक्रमलाई जी कस्टमर ग्रुपले प्रायोजन गर्दैछ। लायन्स क्लबको WE Serve नारालाई आत्मसात गर्दै आयोजना गरिँदै गरेको यस म्याराथनले स्थानीय समुदायमा सकारात्मक ऊर्जा, स्वास्थ्यप्रति जागरुकता र सामाजिक सद्भाव अभिवृद्धिमा टेवा पुर्‍याउने आयोजकहरूको विश्वास छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रेसुङ्गा विमानस्थलबाट अब हप्तामा तीन दिन उडान, यात्रु उत्साहित

गुल्मी । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब हप्तामा

टेस्ट क्रिकेटबाट विराट कोहलीको सन्यास घोषणा

काठमाडौं । भारतीय क्रिकेटका चम्किला तारा विराट कोहलीले सोमबार औपचारिक

नेपाली बजारमा सुनचाँदी सस्तो, आइतबारको तुलनामा ठूलो गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा

भारत–पाकिस्तानबीच वार्ता आज, चार दिने सैन्य तनावपछि संवादको प्रयास

काठमाडौं । पछिल्ला चार दिनदेखि सीमा क्षेत्रमा जारी भीषण सैन्य

विप्रेषणमा उत्साहजनक वृद्धि, विदेशी मुद्रा सञ्चितिमा सुदृढता

काठमाडौं । हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक विवरण