१० माघ २०८२, शुक्रबार । January 23, 2026

चर्किंदै चिकित्सकहरूको आन्दोलन ! आज माइतीघरमा धर्ना



काठमाडौं । सरकारद्वारा तोकिएको न्यूनतम पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत चिकित्सकहरूले आज पुनः माइतीघर मण्डलामा धर्ना र प्रदर्शन गर्ने तयारी गरेका छन्।

नेपाल चिकित्सक संघको अगुवाइमा भइरहेको यो देशव्यापी आन्दोलन अन्तर्गत, काठमाडौं उपत्यकामा रहेका चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्नेछन्, भने उपत्यका बाहिरका चिकित्सकहरू जिल्ला प्रशासन कार्यालयतिर धर्ना दिन जाने कार्यक्रम रहेको आन्दोलनमा सहभागी एक डाक्टरले जानकारी दिए।

संघले निजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूलाई आकस्मिक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरेर आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ। विशेषतः निजी मेडिकल कलेजहरूले सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै उनीहरू आक्रोशित छन्। चिकित्सा शिक्षा आयोगको १६औं बैठकले आवासीय चिकित्सकहरूलाई आठौं तहको तलब सुविधा दिनुपर्ने निर्णय गरेको थियो।

सो निर्णय मन्त्रीपरिषद्बाट समेत अनुमोदन भए पनि कार्यान्वयनमा ढिलासुस्ती भएपछि चिकित्सकहरू आन्दोलित भएका हुन्। बिहीबार माइतीघरबाट स्वास्थ्य मन्त्रालयतर्फ प्रदर्शन गर्दै जान खोजेका डाक्टरहरूलाई प्रहरीले रोकेको थियो। सो क्रममा केहीबेर प्रहरी र आन्दोलनरत चिकित्सकहरूबीच धकेलाधकेल समेत भएको थियो।

आन्दोलनरत चिकित्सकहरूले सरकारसँग आयोगले तोकेको तलब संरचना लागू गर्न, आवासीय चिकित्सकको शैक्षिक प्रगति सुनिश्चित गर्न, र दीर्घकालीन समाधानका लागि प्रभावकारी पहल गर्न माग गरेका छन्।

यदि तत्काल मागहरू पूरा नभए देशभर आकस्मिक तथा सघन उपचार सेवा बाहेक सबै स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनीले स्थिति गम्भीर बन्ने संकेत देखिएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ११ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते