३० फाल्गुन २०८२, शनिबार । March 15, 2026

हुन त मोटरसाइकल नै दोषी? लुम्बिनीमा चकित पार्ने दुर्घटनाको तथ्यांक!


१२ बैशाख २०८२, शुक्रबार  

51
Shares

लुम्बिनी । लुम्बिनी प्रदेशमा पछिल्लो एक महिनाको अवधिमा ४०२ वटा सवारी दुर्घटनाहरू भएका छन्, जसमा ३६ जनाले ज्यान गुमाएका छन्। प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी दानबहादुर कार्कीका अनुसार, चैत महिनाभर १२ वटै जिल्लाबाट यति ठूलो सङ्ख्यामा दुर्घटनाको रिपोर्ट आएको हो।

पछिल्लो महिना अर्थात् फागुनको तुलनामा चैतमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या केही घटेको देखिएको छ। फागुनमा ३९ जनाको मृत्यु भएकोमा चैतमा यो सङ्ख्या घटेर ३६ मा झरेको हो।

जिल्लागत विवरण हेर्दा, रूपन्देही र दाङ सबैभन्दा बढी प्रभावित भएका छन्, जहाँ १०–१० जनाको ज्यान गएको छ। यता, पाल्पा, रोल्पा र रुकुमपूर्वमा भने कुनै पनि मृत्युको घटना नभएको जानकारी प्रहरीले दिएको छ। बाँकेमा ७ जना, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा ३–३ जना, प्यूठानमा २ जना र गुल्मीमा १ जनाको मृत्यु भएको छ।

सवारी दुर्घटनामा परेर घाइते हुनेको सङ्ख्या झनै ठूलो छ। चैत महिनामा मात्रै ७४५ जना घाइते भएका छन्।

प्रमुख कार्कीका अनुसार, सबैभन्दा धेरै दुर्घटना मोटरसाइकलसँग सम्बन्धित छन्। कुल दुर्घटनाको करिब ६० प्रतिशतमा मोटरसाइकल संलग्न छन्। बाँकी दुर्घटनाहरूमा कार–जीप (८.७१%), साइकल (८.०१%), ट्याम्पो (७.४९%), ट्रयाक्टर (४.७०%), बस (४.३६%), टिपर (१.९२%), माइक्रो (१.२२%) र ट्रक तथा ट्याङ्कर (२.६१%) रहेका छन्।

दुर्घटनाको मुख्य कारण सडकको अवस्था र चालकको लापरबाही रहेको डिआइजी कार्की बताउँछन्। उनका अनुसार लुम्बिनी प्रदेशका धेरै सडकहरू अझै पनि स्तरीय बन्न सकेका छैनन्। सडकमा रहेका खाल्डाखुल्डीले दुर्घटना बढाएको र नियमित मर्मत सम्भार नहुनु पनि प्रमुख कारण भएको उल्लेख गरिएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ८ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по