२५ बैशाख २०८३, शुक्रबार । May 9, 2026

एमसीसी परियोजना सदाका लागि बन्द गर्दै अमेरिका


११ बैशाख २०८२, बिहिबार  

9
Shares

एजेन्सी । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना बन्द हुने प्रक्रियामा पुगेको छ।

विकासशील देशहरूमा आर्थिक विकास प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको एमसीसीलाई अब एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागको सिफारिसमा बन्द गर्न लागिएको हो। संघीय खर्च कटौती गर्ने नीति अन्तर्गत, उक्त विभागले एमसीसीका कर्मचारीहरूलाई मंगलबार इमेलमार्फत सूचित गर्दै मे ५ देखि सबै कर्मचारी पदमुक्त गरिने सम्भावना रहेको जनाएको छ।

सीएनएनका अनुसार, परियोजनाका प्रमुख कार्यकारी अधिकृत बाहेक अन्य सबै कर्मचारीलाई अवकाश दिने तयारी गरिएको छ। यसअघि, ट्रम्प प्रशासनको कार्यकालमा यूएसएआईडी बन्द गरिएको थियो, त्यसै क्रममा एमसीसीको अनुदानलाई पनि ९० दिनका लागि निलम्बन गरिएको थियो। अब फेरि यो परियोजना पूर्णरूपमा बन्द गरिने संकेत देखिएको छ।

अमेरिकी कांग्रेसद्वारा २००४ मा स्थापित एमसीसीले सरकारी संस्थानको रूपमा काम गर्दै आएको छ। यस परियोजनाबाट नेपालसहित करिब चार दर्जन विकासशील राष्ट्रले आवश्यक पूर्वाधार र आर्थिक परियोजनामा अनुदान पाउँदै आएका थिए। एमसीसीलाई चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको अमेरिकी विकल्पका रूपमा पनि हेरिने गरिएको छ।

नेपालले एमसीसी अन्तर्गत विद्युत प्रसारण लाइन तथा सडक निर्माण परियोजनाका लागि ५० करोड अमेरिकी डलर अनुदान सम्झौता गरेको थियो।

यदी एमसीसी परियोजना बन्द भयो भने, नेपालको एमसीए नेपाल अन्तर्गत हाल सञ्चालनमा रहेका पूर्वाधार निर्माण कार्यहरूमा प्रत्यक्ष असर पर्ने देखिन्छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ११ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१