३० बैशाख २०८२, मंगलबार । May 13, 2025

एमसीसी परियोजना सदाका लागि बन्द गर्दै अमेरिका



एजेन्सी । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना बन्द हुने प्रक्रियामा पुगेको छ।

विकासशील देशहरूमा आर्थिक विकास प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको एमसीसीलाई अब एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागको सिफारिसमा बन्द गर्न लागिएको हो। संघीय खर्च कटौती गर्ने नीति अन्तर्गत, उक्त विभागले एमसीसीका कर्मचारीहरूलाई मंगलबार इमेलमार्फत सूचित गर्दै मे ५ देखि सबै कर्मचारी पदमुक्त गरिने सम्भावना रहेको जनाएको छ।

सीएनएनका अनुसार, परियोजनाका प्रमुख कार्यकारी अधिकृत बाहेक अन्य सबै कर्मचारीलाई अवकाश दिने तयारी गरिएको छ। यसअघि, ट्रम्प प्रशासनको कार्यकालमा यूएसएआईडी बन्द गरिएको थियो, त्यसै क्रममा एमसीसीको अनुदानलाई पनि ९० दिनका लागि निलम्बन गरिएको थियो। अब फेरि यो परियोजना पूर्णरूपमा बन्द गरिने संकेत देखिएको छ।

अमेरिकी कांग्रेसद्वारा २००४ मा स्थापित एमसीसीले सरकारी संस्थानको रूपमा काम गर्दै आएको छ। यस परियोजनाबाट नेपालसहित करिब चार दर्जन विकासशील राष्ट्रले आवश्यक पूर्वाधार र आर्थिक परियोजनामा अनुदान पाउँदै आएका थिए। एमसीसीलाई चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको अमेरिकी विकल्पका रूपमा पनि हेरिने गरिएको छ।

नेपालले एमसीसी अन्तर्गत विद्युत प्रसारण लाइन तथा सडक निर्माण परियोजनाका लागि ५० करोड अमेरिकी डलर अनुदान सम्झौता गरेको थियो।

यदी एमसीसी परियोजना बन्द भयो भने, नेपालको एमसीए नेपाल अन्तर्गत हाल सञ्चालनमा रहेका पूर्वाधार निर्माण कार्यहरूमा प्रत्यक्ष असर पर्ने देखिन्छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ११ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुरको चोरमारामा पुल भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । नवलपुरको चोरमारामा पर्ने गिरुवारी खोलाको पुल भाँचिएको कारण

कूल पूजा गर्न गएका दम्पतीको सडक दुर्घटनामा मृत्यु

रुकुम । सानीभेरी गाउँपालिका–१० तिमिलेमा भएको सवारी दुर्घटनामा एक दम्पतीको

भुटान महिला लिगमा नेपाली डिफेन्डर पूजा रानाको डेब्यु गोल, टिमको शानदार जित

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पूजा रानाले

रुकुम पश्चिममा जिप दुर्घटनाः एकको ज्यान गयो, तीन गम्भीर घाइते

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्ली–तिमिले भित्री सडक

भारत-पाकिस्तान युद्धविरामः भारतले खोल्यो बन्द सबै विमानस्थल

काठमाडौं । भारत–पाकिस्तानबीच उत्पन्न तनाव अन्त्य भएसँगै भारतले बन्द गरेका