एजेन्सी । आईपीएल २०२५ अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले दमदार प्रदर्शन गर्दै सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ।
यस जितसँगै मुम्बई अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ। पहिले ब्याटिङ गर्दै हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १४३ रनको मध्यम लक्ष्य प्रस्तुत गर्यो। सुरुआती धक्का खेपेको हैदराबादले १३ रनमै ४ विकेट गुमायो भने ३५ रन हुँदा आधा टिम पवेलियन फर्किसकेको थियो।
त्यसपछि हेनरिच क्लासेन (७१ रन) र अभिनव मनोहर (४३ रन) को शानदार साझेदारीले टोलीलाई सम्हाल्दै ९९ रनको योगदान दिए। तर मुम्बईको बलिङ निकै प्रभावशाली रह्यो। ट्रेन्ट बोल्टले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २६ रन खर्चिएर ४ विकेट लिए। दीपक चहरले ४ ओभरमा जम्मा १२ रन दिँदै २ विकेट लिए, भने हार्दिक पान्ड्या र जसप्रित बुमराहले पनि १/१ विकेट लिए। १४४ रनको लक्ष्य पछ्याउँदै मुम्बईले १५.४ ओभरमै मात्र ३ विकेट गुमाएर सजिलै जित हात पारे।
ओपनर रोहित शर्माले ७० रनको शान्दार इनिङ्स खेले भने सूर्यकुमार यादव ४० रनमा अविजित रहे। यस जितसँगै मुम्बईले ९ खेलबाट १० अंक बनाएको छ र तेस्रो स्थानमा उक्लिएको छ।
भने हैदराबादले ८ खेलमा केवल ४ अंक जोड्दै नवौं स्थानमै यथावत् छ, जसले गर्दा प्लेअफको दौडमा हैदराबाद पछाडि परेको छ।
प्रतिक्रिया