२ माघ २०८२, बिहिबार । January 15, 2026

एसियन कप अघिको अग्निपरिक्षा ! हङकङसँग भिड्दै नेपाल



काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आगामी जुन ५ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो आधिकारिक पेजमार्फत उक्त खेलको जानकारी सार्वजनिक गरेको हो। एन्फाका अनुसार यो खेल फिफा विन्डो अन्तर्गत हङकङमै आयोजना हुनेछ र फिफाको अन्तर्राष्ट्रिय म्याच क्यालेन्डर अनुसार नै मान्यता प्राप्त म्याच हुनेछ।

हङकङ फुटबल संघको आयोजनामा हुने यो प्रतिस्पर्धाले नेपाली टोलीको तयारीलाई नयाँ मोड दिने विश्वास गरिएको छ। नेपालले जुन १० मा लाओससँग एएफसी एसियन कप छनोट अन्तर्गत खेल्ने कार्यक्रम रहेको छ। त्यसअघि हङकङसँगको यो मैत्रीपूर्ण खेलले टोलीलाई थप अनुभव र आत्मविश्वास दिने अपेक्षा गरिएको छ।

यसबाहेक, जुन महिनामै श्रीलंकामा साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएकाले नेपाली टोलीका लागि यो चरण निकै व्यस्त र चुनौतीपूर्ण हुने देखिएको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले