२ माघ २०८२, बिहिबार । January 15, 2026

भीषण वर्षासँगै पहिरोः कोशी राजमार्गको भोटखोला खण्ड पूर्ण अवरुद्ध



खाँदवारी । सङ्खुवासभाको भोटखोला क्षेत्रमा पर्ने कोशी राजमार्ग आज बिहानदेखि पहिरोका कारण अवरुद्ध भएको छ।

मकालु गाउँपालिका–३ स्थित आलफाट्टेमा खसेको ठूलो पहिरोले सवारी आवागमन पूर्ण रूपमा ठप्प पारेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । प्रहरीका अनुसार मंगलबार राति लगातारको वर्षापछि एकुवा खोलामा आएको बाढीले सडक कटान गराउँदा पहिरो खसेको हो।

अहिले पहिरो हटाउने प्रयास तीव्र गतिमा भइरहेको छ भने स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा सडक खुलाउने काम जारी छ। सडक अबरुद्ध हुँदा यात्रु र स्थानीयवासीलाई निकै कठिनाइ भएको छ।

यस खण्डको सडक सञ्चालन कहिले सम्भव हुने भन्ने विषयमा अझै निश्चित समय तोकिएको छैन।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १२ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले