२८ बैशाख २०८२, आइतबार । May 12, 2025

डोटीमा मिनीट्रक दुर्घटना: चालकसहित तीन जनाको मृत्यु



कैलाली। डोटी जिल्लाको जोरायल गाउँपालिका–१ गोल्डेनमा भीमदत्त राजमार्गअन्तर्गत आज बिहान भएको मिनीट्रक दुर्घटनामा चालकसहित तीन जनाको ज्यान गएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामी रहेका छन् भने अन्य दुई जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिएका छन्। धनगढीबाट बझाङतर्फ खाद्यान्न बोकेर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४२८ नम्बरको मिनीट्रक अनियन्त्रित भई करिब ५० मिटर तल सडकबाट खसेको थियो।

दुर्घटनापछि सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा उद्धार कार्य गरिएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ९ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो

टेस्ट क्रिकेटबाट विराटको सन्यास ! बीसीसीआई छलफलमा, गिल नेतृत्वको दौडमा ?

मुम्बई । भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले अचानक टेस्ट

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित