२ माघ २०८२, बिहिबार । January 15, 2026

पहलगाम आतंकवादी हमलाः एक नेपालीसहित २६ जनाको मृत्यु



एजेन्सी। भारतको जम्मु–कश्मीरस्थित पहलगाम क्षेत्रमा भएको आतंकी हमलामा एक नेपाली नागरिकसहित कम्तीमा २६ जनाले ज्यान गुमाएका छन् भने १७ जना घाइते भएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार दिउँसो पहलगामको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले अचानक हमला गर्दा नेपाली नागरिक सन्दीप न्यौपानेको ज्यान गएको पुष्टि भएको छ। यद्यपि, न्यौपानेबारे थप विवरण सार्वजनिक गरिएको छैन।

हालसम्म प्राप्त जानकारीअनुसार मृतकमध्ये दुई जना विदेशी नागरिक, एक जना भारतीय नौसेना जवान र दुई जना स्थानीय बासिन्दा रहेको खुलेको छ। घटनास्थलमा सुरक्षाकर्मीहरूको परिचालन बढाइएको छ र अनुसन्धान जारी छ।

यस आतंकी हमलाले फेरि एकपटक भारतको सुरक्षास्थितिलाई लिएर गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ९ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले