२९ बैशाख २०८२, सोमबार । May 12, 2025

लिग–२ को तयारीमा नेपाल, ५२ खेलाडीसहित ‘कोर क्याम्प’ सुरु गर्दै



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आइसीसी विश्वकप लिग–२ का लागि व्यापक तयारी थालेको छ ।

प्रारम्भिक चरणमा अपेक्षा अनुरूप प्रदर्शन गर्न नसकेको नेपालले आगामी सिरिजलाई लक्षित गर्दै ५२ खेलाडीसहित विशेष प्रशिक्षण क्याम्प सञ्चालनमा ल्याएको हो । लिग–२ अन्तर्गत नेपालले आउँदो जुन महिनाको पहिलो हप्तामा स्कटल्याण्ड र नेदरल्यान्ड्सविरुद्ध श्रृंखला खेल्ने कार्यक्रम रहेको छ ।

यही सिरिजको तयारीस्वरूप क्यानले खेलाडीहरुलाई ‘द कोर क्याम्प’मा सहभागी गराएको हो । क्याम्पमा सहभागी खेलाडीहरुलाई चारवटा टिममा विभाजन गरिएको छ— टिम ब्लु, टिम ग्रिन, टिम रेड र टिम एल्लो । टिम ब्लुको कप्तानी रोहित पौडेलले, टिम ग्रिनको आसिफ शेखले, टिम रेडको सन्दीप लामिछानेले र टिम एल्लोको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । प्रत्येक टिममा १३ जना खेलाडी रहेका छन् ।

पहिले ४८ खेलाडीलाई बोलाइएकोमा थप चार युवा खेलाडीलाई पनि समावेश गरिएको छ । नवप्रवेशी खेलाडीमा यू–१९ टोलीका कप्तान नरेन भट्ट, युवराज खत्री, सन्तोष यादव र कमलसिंह ऐरी रहेका छन् । यस विशेष प्रशिक्षण क्याम्प अन्तर्गत अभ्यास खेलहरु आगामी शनिबारदेखि मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछन् ।

अभ्यास खेलमा प्रत्येक टोलीले ६ खेल खेल्नेछ । त्यसभन्दा एक दिनअघि, नेपाली राष्ट्रिय क्रिकेट टोलीका हालै नियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल काठमाडौं आउने कार्यक्रम रहेको छ ।

नेपालको टोली निर्माण र प्रदर्शन सुधारका लागि क्यानको यो प्रयास निकै महत्वपूर्ण मानिएको छ, जसले अन्तर्राष्ट्रिय मैदानमा नेपालको प्रतिस्पर्धात्मक क्षमता मजबुत पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ५ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विप्रेषणमा उत्साहजनक वृद्धि, विदेशी मुद्रा सञ्चितिमा सुदृढता

काठमाडौं । हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक विवरण

आज बुद्ध जयन्ती ! शान्ति, करुणा र अहिंसाको सन्देश दिने दिन

काठमाडौं । आज २५६९औँ बुद्धजयन्ती, भगवान् गौतम बुद्धको जन्म, बुद्धत्व

अमेरिकी डलरको भाउ आज स्थिर, अन्य मुद्रा कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः बर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । अहिले नेपालको मौसममा पश्चिमी वायु, स्थानीय वायु, र

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो