२ माघ २०८२, बिहिबार । January 15, 2026

लामियन यमाललाई लाउरेस वर्ल्ड अवार्ड : वर्षको उत्कृष्ट उदाउँदो खेलाडी घोषित



काठमाडौं । बार्सिलोना र स्पेनका युवा मिडफिल्डर लामियन यमालले विश्व खेलकुदको प्रतिष्ठित सम्मान “लाउरेस वर्ल्ड ब्रेकथ्रु प्लेअर अफ दि इयर” अवार्ड जितेका छन्।

सोमबार मड्रिडमा सम्पन्न लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड २०२५ मा १६ वर्षीय यमालले शानदार प्रदर्शनका आधारमा यो अवार्ड हात पारेका हुन्। उक्त कार्यक्रममा अमेरिकी जिम्नास्ट सिमोन बाइल्स र स्वीडेनी पोल भल्ट खेलाडी मोन्डो डुप्लान्टिसलाई वर्षका उत्कृष्ट खेलाडीको रूपमा सम्मान गरिएको थियो।

बाइल्सले पेरिस ओलम्पिकमा तीन स्वर्ण र एक रजत पदक जितेकी थिइन्, भने डुप्लान्टिसले ओलम्पिकसहित वर्ल्ड इन्डोर च्याम्पियनसिपमा स्वर्ण जिती नौ पटक आफ्नै विश्व कीर्तिमान तोडे। यसै अवसरमा स्पेनिस क्लब रियल मड्रिडले “वर्ल्ड टिम अफ द इयर” को अवार्ड जित्न सफल भयो।

स्पेनका टेनिस दिग्गज राफेल नाडाललाई “स्पोर्टिङ आइकन अवार्ड” प्रदान गरियो भने अमेरिकी सर्फिङ खेलाडी केली स्लाटरलाई “लाइफटाइम अचिभमेन्ट अवार्ड” दिइएको थियो। ब्राजिलियन जिम्नास्ट रेबेका एन्ड्रेडेले “कमब्याक अफ द इयर” अवार्ड पाएकी छिन् भने बेलायती माउन्टेन बाइक खेलाडी टम पिडककले “वर्ल्ड एक्सन स्पोर्ट्सपर्सन अफ द इयर” को अवार्ड जिते।

यसबाहेक, युयान जियाङलाई वर्षको उत्कृष्ट अपांगता भएका खेलाडीको रूपमा सम्मान गरिएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १२ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले