काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले सोमबार ऐतिहासिक कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ पुगेको हो, जुन हालसम्मकै उच्च मूल्य हो। महासंघका अनुसार यसअघि बिहीबार सुनको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ थियो। त्यसयता सामान्य उतारचढाव देखिएको सुनको भाउ आइतबार भने घटेर १ लाख ८९ हजार ८०० रुपैयाँमा झरेको थियो।
तर, सोमबार पुनः उकालो लाग्दै तोलामा १ हजार २०० रुपैयाँले वृद्धि भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसैबीच, चाँदीको मूल्य भने स्थिर देखिएको छ। आइतबार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा स्थिर रह्यो।
सुनको मूल्यमा देखिएको यो लगातारको वृद्धि पछाडि अन्तर्राष्ट्रिय बजारको असर, विदेशी मुद्राको भाउमा चाप, तथा लगानीकर्ताको धारणा जस्ता कारणले असर पारेको व्यवसायीहरू बताउँछन्।
प्रतिक्रिया