२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

कालीकोटको बुडाडाँडामा ट्र्याक्टर दुर्घटना: ४ जनाको निधन


८ बैशाख २०८२, सोमबार  

30
Shares

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–२ बुडाडाँडामा आइतबार राति एक ट्र्याक्टर दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ।

थिर्पुबाट छलतर्फ खाद्यान्न र दैनिक उपभोग्य सामग्री बोकेर जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको हो। ट्र्याक्टरको नम्बर भने हालसम्म खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार मृतकमध्ये ट्र्याक्टर चालक २५ वर्षीय चन्द्रप्रकाश रोकाय ९मुगु, खत्याड–५०, रवीन्द्र विक ९२१, पलाँता–४०, ३२ वर्षीया सदु बुढा (पलाँता–४), र २५-२६ वर्षीया अम्बा शाही (पलाँता–५) रहेका छन्।

उनीहरूको घटनास्थलमै ज्यान गएको जनाइएको छ। प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार ट्र्याक्टर अप्ठ्यारो भिरमा अड्किएको अवस्थामा भेटिएको थियो भने शवहरू सडकदेखि करिब २०० मिटर तल फेला परेका थिए।

सूचना पाएलगत्तै प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १० : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ