२ माघ २०८२, बिहिबार । January 15, 2026

आईपीएल : रोहित र सूर्यकुमारको विस्फोटक प्रदर्शनमा चेन्नईमाथि मुम्बईको जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई एकतर्फी खेलमा पराजित गर्दै शानदार जित हात पारेको छ।

वाङ्खेडे स्टेडियममा भएको खेलमा चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले मात्र १५.४ ओभरमै १ विकेटको क्षतिमा सहजै पुरा गर्‍यो। कप्तान रोहित शर्माले अविजित ७६ रन बनाउँदा सूर्यकुमार यादवले पनि अविजित ६८ रनको योगदान दिए। चेन्नईका बलरमध्ये रवीन्द्र जडेजाले मात्र एक विकेट लिन सके। टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

जडेजा आफैंले अविजित ५३ रन बनाए भने शिवम दुबेले ५० रन जोडे। मुम्बईका जसप्रित बुमराहले २ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे। यस जितसँगै मुम्बईले ८ खेलबाट ८ अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ भने चेन्नई ४ अंकसहित पुछारमा पुगेको छ। यसअघि, हिजो भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले पञ्जाब सुपर किंग्सलाई ७ विकेटले हराएको थियो।

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सबीचको प्रतिस्पर्धा हुनेछ। खेल इडेन गार्डेन्स मैदानमा राति पौने ८ बजे सुरु हुनेछ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले