२ माघ २०८२, बिहिबार । January 15, 2026

वर्षाले बगायो नेपालको विश्वकप सपना ! अफगानिस्तानलाई फाइदा



काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल वर्षाका कारण रद्द भएको छ।

शनिबार बिहान ९ बजेबाट काठमाडौंको मूलपानी क्रिकेट मैदानमा सुरु हुने तालिका रहे पनि मौसमले खेल हुन दिएन। यससँगै अंक बराबरी भए पनि रनरेटमा पछि परेपछि नेपाल यू–१९ टोलीको विश्वकप यात्रा अधुरै रह्यो। नेपाल र अफगानिस्तान दुवैले अघिल्ला तीन खेलमा युएई, ओमान र हङकङलाई पराजित गरेका थिए।

अन्तिम खेल जितेर विश्वकपमा स्थान बनाउने दुवैको योजना वर्षाले तोडिदियो। तर, रनरेटमा अफगानिस्तान अगाडि रहेकाले उसैले विश्वकपको टिकट हात पार्‍यो। नेपालका लागि उत्कृष्ट प्रदर्शन गरे तापनि मौसमले अन्त्यमा खेल बिगारिदिँदा समर्थकहरू निराश भएका छन्।

यू–१९ टोलीको मनोबल भने अझै उच्च रहेको जनाइएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  २ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले