२९ बैशाख २०८२, सोमबार । May 12, 2025

बारामा टिपर र कार ठोक्किँदा दुईको ज्यान गयो, चालक फरार



बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ भुइँपुल नजिकैको पूर्व–पश्चिम राजमार्गमा शुक्रबार दिउँसो साढे २ बजेतिर भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार, प्रदेश २–०३–००१ ख ०६०७ नम्बरको टिपर र बा. ०१–०२५ च ५०७६ नम्बरको कार एकापसमा ठोक्किँदा कारमा सवार दुई जना गम्भीर घाइते भएका थिए। उपचारका लागि निजगढस्थित प्रसूति अस्पताल पुर्‍याइएका दुबैजनालाई चिकित्सकले मृत घोषित गरेका थिए।

मृतकमध्ये एक जनाको सनाखत ४६ वर्षीय नारायण हरि शर्मा रहेको प्रहरीले जनाएको छ। उनी सर्लाहीको बर्हथवा नगरपालिका–१५, हजरियाका बासिन्दा हुन्। कार चालकको सनाखत भने हुन बाँकी छ।

घटनापछि टिपर चालक फरार रहेका छन्। हाल उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ६ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विप्रेषणमा उत्साहजनक वृद्धि, विदेशी मुद्रा सञ्चितिमा सुदृढता

काठमाडौं । हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक विवरण

आज बुद्ध जयन्ती ! शान्ति, करुणा र अहिंसाको सन्देश दिने दिन

काठमाडौं । आज २५६९औँ बुद्धजयन्ती, भगवान् गौतम बुद्धको जन्म, बुद्धत्व

अमेरिकी डलरको भाउ आज स्थिर, अन्य मुद्रा कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः बर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । अहिले नेपालको मौसममा पश्चिमी वायु, स्थानीय वायु, र

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो