काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरूपमा घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो। महासंघले शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ तोकेको छ। यद्यपि बिहीबार यो मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ थियो। यद्यपि पछिल्लो मूल्य अझै पनि ऐतिहासिकरूपमा उच्च नै मानिन्छ।
चाँदीको मूल्य भने अघिल्लो दिनको जस्तै स्थिर रहेको छ। बिहीबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया