२ माघ २०८२, बिहिबार । January 15, 2026

शान्ति नमुना माविमा शैक्षिक हडतालको प्रभाव: सम्पूर्ण कार्यक्रम स्थगित



रुपन्देही । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शैक्षिक हडतालको प्रभाव तिलोत्तमा नगरपालिकाको श्री शान्ति नमुना माध्यमिक विद्यालयमा पनि देखिएको छ। विद्यालयले शैक्षिक गतिविधि तथा विद्यार्थी भर्ना कार्यक्रम अनिश्चितकालका लागि स्थगन गरेको जनाएको छ।

प्रधानाध्यापक कुल प्रसाद लामिछानेद्वारा जारी सूचनामा उल्लेख छ, “नेपाल शिक्षक महासंघको माग अनुसार विगतका सम्झौता कार्यान्वयन र नयाँ शिक्षा ऐन लागू गर्न दबाबस्वरूप जारी हडतालका कारण विद्यालय सञ्चालन असम्भव भएकाले सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ।”

विद्यालयले विद्यार्थी तथा अभिभावकहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै शैक्षिक हडताल समाप्त भएपछि मात्र नयाँ भर्ना प्रक्रिया र अन्य कार्यक्रम पुनः सञ्चालन हुने जानकारी दिएको छ।

विद्यालय प्रशासनले सबैलाई संयमता अपनाई साथ दिन पनि अनुरोध गरेको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  २ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले