२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

शिक्षक आन्दोलनको प्रभाव

कालिका मानवज्ञान माविको सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगित


२ बैशाख २०८२, मंगलबार  

135
Shares

बुटवल । नेपाल शिक्षक महासंघको अगुवाइमा देशव्यापी रूपमा जारी शिक्षक–कर्मचारी आन्दोलनको प्रभाव बुटवलमा पनि देखिन थालेको छ। रुपन्देहीको कालिका मानवज्ञान माध्यमिक विद्यालयले आन्दोलनका कारण सम्पूर्ण शैक्षिक गतिविधि अनिश्चितकालका लागि स्थगन गरेको घोषणा गरेको छ।

विद्यालय प्रशासनले एक सूचना जारी गर्दै हालको प्रतिकूल परिस्थितिमा पठनपाठन सञ्चालन असम्भव भएको बताएको छ। सूचना अनुसार, पूर्वनिर्धारित भर्ना कार्यक्रमसमेत अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।

प्रधानाध्यापक दिनेश थापाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “शिक्षक–कर्मचारी आन्दोलनले सिर्जना गरेको जटिल परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगन गरिएको हो।”

यता, आन्दोलन थप सशक्त बनाउन नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक–कर्मचारीलाई पूर्णरूपमा सहभागी हुन आह्वान गरेका छन्। उनले बाँकी रहेका सबैलाई आन्दोलनमा अनिवार्य सहभागिताको आग्रह गर्दै निषेध गरिएका गतिविधिमा संलग्न नहुन चेतावनीसमेत दिएका छन्।

सुवेदीले सरकारसँग माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेका छन्। महासंघले निरीक्षणका लागि जिल्लामा गोप्य टोली समेत परिचालन गरिसकेको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ