२ माघ २०८२, बिहिबार । January 15, 2026

वर्षको अन्तिम दिन सेयर बजार ओरालो, नेप्से ८.८४ अंकले घट्यो



काठमाडौं । वर्ष २०८१ को अन्तिम दिन आइतबार सेयर बजार ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सो दिन बजार परिसूचक ८.८४ अंकले घटेर २,६६१.८६ बिन्दुमा पुगेर बन्द भयो। बजार खुल्नेबित्तिकै घटबढ देखिए पनि अन्त्यसम्म आइपुग्दा बजार घट्ने ट्रेन्डमै अडियो। नेप्सेले दिएको जानकारीअनुसार आइतबार कुल ६ अर्ब २८ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कुल १ करोड ३१ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको थियो। उपसमूहहरूतर्फ हेर्दा होटल्स एण्ड टुरिजम, इन्भेस्टमेन्ट, म्युचुअल फन्ड तथा ननलाइफ इन्स्योरेन्स बाहेक सबै उपसूचकहरूमा गिरावट देखियो। यद्यपि बजार समग्रमा घटेपनि केही कम्पनीको सेयर मूल्यमा उल्लेखनीय उतारचढाव देखियो।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो भने विन नेपाल लघुवित्तको सेयरमा नेगेटिभ सर्किट लाग्यो। यसरी आर्थिक वर्षको अन्तिम दिन लगानीकर्ताहरू मिलाजुला परिणामसहित बजारबाट बाहिरिए।

अब नयाँ वर्षको सुरुवातसँगै बजार कुन दिशा लिन्छ भन्नेमा लगानीकर्ताको चासो बढेको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ३ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले