२ माघ २०८२, बिहिबार । January 15, 2026

नेपालविरुद्ध कुवेतको सशक्त प्रदर्शन, १७५ रनको लक्ष्य प्रस्तुत



काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुवेतले नेपाललाई उपाधि जित्न १७५ रनको चुनौती दिएको छ।

मङ्ककस्थित मिसन क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रनको सशक्त स्कोर बनायो। कुवेतले आक्रामक सुरुवात गरेको थियो। ९ ओभरमै उसले २ विकेट गुमाउँदै १०० रन पार गरिसकेको थियो भने १० ओभरमा ११० रन बनाएको थियो।

तर तेस्रो विकेटका रूपमा उस्मान पटेल आउट भएपछि कुवेतको रनगति केही मन्द भयो र बाउन्ड्रीको सङ्ख्यामा गिरावट आयो। ओपनर रविजा सान्द्रारुवानले ६३ रनको उत्कृष्ट अर्धशतकिय पारी खेले। उनले ३६ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। क्लिन्टो एन्टोले २६, मित भवसारले १६, र उस्मान पटेलले २३ रनको योगदान दिए।

विलाल ताहिर रन आउट भएपछि कुवेतको पारी केही दबाबमा परेको देखिएको थियो। अन्तिममा कप्तान मोहम्मद आस्लम १३ रन र नवीनराज राजेन्द्रन ८ रनमा अविजित रहे। नेपालका लागि बलिङतर्फ नन्दन यादव र सोमपाल कामीले समान २–२ विकेट लिँदा, करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिए।

अब नेपालले उपाधि जित्न १७५ रनको विशाल लक्ष्य पछ्याउनुपर्नेछ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  १ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले