२ माघ २०८२, बिहिबार । January 15, 2026

सुनको उकालो यात्रा जारी : आइतबार नेपाली बजारले नयाँ रेकर्ड छोयो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लाग्दै नयाँ कीर्तिमानमा पुगेको छ।

आइतबारको कारोबारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८६ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। यो मूल्य अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा १ हजार रुपैयाँले वृद्धि भएको हो। शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम भएको थियो।

स्थानीय बजारमा मूल्य बढ्नुको प्रमुख कारण भनेको अन्तर्राष्ट्रिय बजारमै सुनको दरमा भइरहेको लगातारको वृद्धि हो। त्यही अन्तर्राष्ट्रिय प्रभावले नेपाली बजारलाई समेत छोएको महासंघले जनाएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ रहेको चाँदी आइतबार बढेर १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।

विशेषगरी विश्व बजारमा महँगी, भूराजनीतिक अस्थिरता र लगानीकर्ताको सुरक्षित विकल्पप्रतिको झुकावले सुनको माग बढ्दै गएको देखिन्छ, जसको असर नेपाली बजारमा पनि प्रत्यक्ष परेको हो।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ११ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले