२ माघ २०८२, बिहिबार । January 15, 2026

एनएसएल:ललितपुर प्लेअफमा पुग्ने पहिलो टोली, बुटवल प्रतियोगिताबाट बाहिर



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गर्दै प्लेअफ यात्रा सुनिश्चित गरेको छ।

यस जितसँगै ललितपुर प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको हो, भने बुटवल लुम्बिनी भने प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो। ललितपुरले खेलको सुरुवातदेखि नै दबाब कायम राख्दै २३औं मिनेटमा अनन्त तामाङको उत्कृष्ट हेड गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता बनाएको ललितपुरले खेलको अन्त्यतिर, ८८औं मिनेटमा सन्तोष खत्रीको गोलमार्फत २–० को स्पष्ट जित हासिल गर्‍यो।

उक्त गोल इमोहको सटीक पासबाट भएको थियो। पाँच खेलमा तीन जित र दुई बराबरीको नतिजासहित ११ अंक बटुलेको ललितपुर अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अब उसले लिग चरणको अन्तिम खेल झापा एफसीसँग खेल्नेछ। पाँच खेलबाट केवल १ अंक बटुल्न सफल बुटवल लुम्बिनी एफसी भने अन्तिम खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिएको छ।

बुटवलले अब बिहीबार पोखरा थन्डर्ससँग आफ्नो अन्तिम खेल खेल्नेछ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ५ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले