२ माघ २०८२, बिहिबार । January 15, 2026

हैदराबादले रच्यो इतिहासः अभिषेक शर्माको शतकले दिलायो रोमाञ्चक जित



शनिबार राजीव गान्धी स्टेडियममा आयोजित आईपीएल खेलमा सनराइजर्स हैदराबादले पन्जाब किंग्सविरुद्ध रोमाञ्चक जित निकाल्दै इतिहास रचेको छ।

२४६ रनको विशाल लक्ष्य पछ्याउँदै हैदराबादले १८.३ ओभरमै लक्ष्य पूरा गर्दै आइपिएलको इतिहासमा दोस्रो ठूलो रन चेज सफल बनाएको हो। हैदराबादका ओपनर अभिषेक शर्माले आफ्नो आइपिएल करियरको पहिलो शतक प्रहार गर्दै १४१ रनको विस्फोटक पारी खेले। उनले ट्र्याविस हेडसँग १७१ रनको सॉलिड साझेदारी गर्दै जितको आधार तयार पारे।

हेडले समेत आक्रामक खेल प्रस्तुत गर्दै ६७ रन बनाए। पन्जाब किंग्सका बलर हर्षल पटेलले ४ विकेट लिए तापनि हैदराबादको तिव्र आक्रमण रोक्न असफल रहे। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पन्जाब किंग्सका लागि कप्तान श्रेयस अय्यरले ८२ रनको सानदार पारी खेले। अन्य ब्याटरहरूले पनि योगदान दिँदै टोलीलाई २४५ रनको विशाल योगफलमा पुर्‍याए।

तर, उत्कृष्ट सुरुवात र ओपनिङ साझेदारीको बलमा हैदराबादले लक्ष्य सहजै भेट्टायो। यो जितसँगै उनले आइपिएल इतिहासमै दोस्रो ठूलो लक्ष्य पछ्याएर जित्ने कीर्तिमान राखेका छन्।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ५ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले