२ माघ २०८२, बिहिबार । January 15, 2026

सिद्धबाबा मन्दिर नजिक पहिरोले कार च्याप्यो, यात्रु सकुशल



बुटवल । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको एक कार सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले पुरिएको छ।

तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिर नजिकै उक्त घटना भएको हो। लुम्बिनी प्रदेशको ज ०२७६ नम्बरको कार बुटवलबाट पाल्पाको भैरवस्थानतर्फ गइरहेको बेला अचानक आएको पहिरोले कारलाई पूर्ण रूपमा क्षति पु¥याएको प्रहरीले जानकारी दिएको छ। यद्यपि, कारमा सवार सबै व्यक्तिहरू सकुशल रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक कार्यालय, बुटवलले जनाएको छ।

पहिरोका कारण केही समयका लागि अवरुद्ध बनेको बुटवल–पाल्पा सडक अहिले पहिरो हटाइएपछि पुनः सञ्चालनमा आएको छ। यस्तै घटनाबाट सवारी र यात्रु सुरक्षामा अझ सतर्कता आवश्यक रहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  १२ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले